काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले ईनम सापकोटासँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट गरेका छन् ।बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश शर्माले ईनमसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजान र सम्पर्क नरहेको बताएका हुन् ।
आफ्नो नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आश्चर्य र स्तब्धता व्यक्त गर्दै उनले ती समाचार आधारहीन र कपोलकल्पित रहेको उल्लेख गरेका छन् । ईनम सापकोटा र न्यायाधीशबीचको कुराकानी र कारोबार देखिने विवरण सार्वजनिक ईनम सापकोटा र न्यायाधीशबीचको कुराकानी र कारोबार देखिने विवरण सार्वजनिक विज्ञप्तिमा शर्माले उक्त प्रसंगमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा आफू प्रधानन्यायाधीशसमेत भइनसकेको उल्लेख गरेका छन् ।
उनले भनेका छन् –जुन प्रसङ्ग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरु एवं प्रसङ्गमा मेरो कुनै संलग्नता छैन। ती व्यक्तिहरुसँग मेरो प्रत्यक्ष एवं परोक्ष रुपमा चिनजान, सम्पर्क समेत छैन । मैले कहिँकतैं भेटेको पनि छैन । उक्त प्रसङ्गमा उल्लेखित मिति नोभेम्बर, डिसेम्बर, जनवरीमा म प्रधानन्यायाधीश पनि भइनसकेको अवस्था छ । यसरी आधारहीन, झुठ्ठा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दुषित उद्धेश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु । यस्तो आधारहीन र कपोलकल्पित समाचारको भ्रममा नपर्न सम्पूर्ण जनमानसमा अनुरोध समेत गर्दछु ।ु






















