images
images
  • सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ

    काठमाडौं– कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले काठमाडौं महानगरपालिका- १४ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका- १४ नखिपोटका ६० वर्षीय नारायण खनाललाई पक्राउ गरेको हो ।

    जालिमसिंह महतोको जाहेरीका आधारमा सीआईबीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    उनीहरुले विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान भएको भएको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने भन्दै पटक–पटक गरी उक्त रकम ठगी गरेको व्युरोका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images