काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चिकित्सा सामग्री आवश्यक परेको विषयमा छलफल गर्न उपराष्ट्रपति जेडी भान्सले गरेको अनुरोध स्वीकृत गरेको बताएका छन् ।
यससँगै आठ महिनादेखि जारी इरानसँगको युद्ध अन्त्य गर्न भइरहेको कूटनीतिक प्रयासले गति लिएको देखिएको छ ।
यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले स्ट्रेट अफ हर्मुज पुनः खोल्ने आफ्नो सातदिने योजनालाई कार्यान्वयन गर्ने उपायबारे मध्यस्थकर्ताहरूसँग निरन्तर र निकट सम्पर्कमा रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्























