images
images
  • बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु, ४ जना घाइते

    काठमाडौं– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र गतिमा आएको ट्रकले बसबाट ओर्लिएर सडक किनारमा पर्खिरहेका यात्रुलाई ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

    स्थानीय प्रहरीका वरिष्ठ अधिकारी इस्लामका अनुसार ढाका-चट्टोग्राम राजमार्गअन्तर्गत सिताकुन्डामा एउटा बसमा प्राविधिक खराबी आएपछि यात्रु गाडीबाट ओर्लिएर सडक किनारमा पर्खिरहेका थिए । सोही क्रममा मङ्गलबार बिहान करिब १ः३० बजे दुर्घटना भएको हो ।

    ‘तीव्र गतिमा आएको ट्रकका चालकले नियन्त्रण गुमाउँदा यात्रुको समूहलाई ठक्कर दिएको थियो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भयो’, उनले सिन्ह्वासँग भने ।

    उनका अनुसार अन्य दुई जनाको अस्पताल लैजाने क्रममा वा अस्पताल पुगेपछि मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका बसका अन्य चार यात्रुको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images