काठमाडौं- विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । अमेरिका र इरानबीचको तनावबीच कच्चा पेट्रोलियम पदार्थको मूल्य गत साता ६ महिनायताकै उच्च विन्दु नजिक पुगेको थियो ।
विश्व बजारअनुसार सोमबार अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट क्रूड फ्युचर्स प्रतिब्यारेल १.७६ डलर अर्थात् १.७ प्रतिशतले घटेर १०१.५१ डलर कायम भएको छ।
त्यस्तै ब्रेन्ट क्रूड फ्युचर्स पनि प्रतिब्यारेल १.४९ डलर अर्थात् १.२८ प्रतिशतले घटेर ११५.२३ डलरमा झरेको छ ।
सउदी अरबमा हुथी विद्रोहीहरूको आक्रमणले ऊर्जा आपूर्तिको चिन्ता बढाएपछि गत शुक्रबार पेट्रोलियम पदार्थको मूल्य लगभग ३ डलरले बढेर बन्द भएको थियो । गत साता समग्रमा ब्रेन्टको मूल्य ६ प्रतिशत र वेस्ट टेक्सासको मूल्य २.३ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया दिनुहोस्






















