images
images
  • पार्टी विधानअनुसार नै उम्मेदवार छनोट गरिन्छ: कांग्रेस सभापति थापा

    काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी विधानअनुसार नै उम्मेदवार छनोटको प्रक्रिया अघि बढाइने स्पष्ट पारेका छन् । चुनावअघि मात्र टिकट लिने र खोज्ने प्रवृत्ति अन्त्य गर्ने बताउँदै उनले उक्त कुरा स्पष्ट पारेका हुन् ।

    सोमबार स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति थापाले विगतमा जस्तो चुनावको मुखमा मात्र टिकट लिने वा खोज्ने प्रवृत्ति अन्त्य गरिने बताए ।

    कांग्रेसले केवल निर्वाचनमा गुमाएको मतभन्दा पनि जनताको विश्वास पुनःस्थापित गर्नु अहिलेको मुख्य आवश्यकता भएकोमा उनले जोड दिए । ‘जनताको विश्वास जितेमा मत स्वतः पछिपछि आउँछ । पार्टीको छवि र जनधारणा सुधारका लागि प्रत्येक सदस्यले मेहनत गर्नुपर्छ’, उनले भने ।

    सभापति थापाले कात्तिक १२ गते हुने शपथ ग्रहणपछि बस्ने केन्द्रीय समितिको बैठकले पार्टीको आगामी ठोस योजना तय गर्ने बताए । उनले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै तयारीमा जुट्न पार्टी नेता तथा कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images