images
images
  • पाकिस्तानको खैबर पख्तुनख्वामा सैन्य कारबाहीः टीटीपीका ६ सदस्य र दुई सैनिकको मृत्यु

    काठमाडौं– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको गुप्तचरमा आधारित कारबाहीमा ६ जना आतङ्कवादी र दुई सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ ।

    सेनाको सञ्चार शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार आतङ्कवादीको उपस्थितिबारे सूचना प्राप्त भएपछि अक्टोबर २४ मा डेरा इस्माइल खान जिल्लामा कारबाही सञ्चालन गरिएको थियो । आइतबार जारी विज्ञप्तिमा प्रतिबन्धित तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का ६ जना सदस्य मारिएको उल्लेख छ । गोली हानाहानमा दुई सैनिकले पनि ज्यान गुमाएका थिए ।

    सेनाका अनुसार कारबाहीका क्रममा हतियार र गोलाबारुदसमेत बरामद गरिएको छ । मारिएका आतङ्कवादी सुरक्षा बल तथा कानून कार्यान्वयन गर्ने निकायमाथि आक्रमण गर्नुका साथै सर्वसाधारणमाथि हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ ।

    क्षेत्रमा रहेका अन्य आतङ्कवादीलाई खोजी गरी निष्क्रिय पार्न सुरक्षा बलले थप अभियान सञ्चालन गरिरहेको आईएसपीआरले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images