images
images
  • इङ्गल्यान्डमाथि श्रीलङ्काको कीर्तिमानी जित

    एजेन्सी/इस्लामवाद । श्रीलङ्काले इङ्गल्यान्डसँगको एक दिवसीय खेलमा कीर्तिमानी जित हात पारेको छ । रावलपिण्डीमा बिहीबार भएको दिवा रात्रि खेलमा इङ्गल्यान्डले दिएको ४३० रनको लक्ष्य श्रीलङ्काले ८ विकेटका क्षतिमा एक बल बाँकी हुँदा पूरा गरेको हो ।

    श्रीलङ्काका पवन रन नायकले १३० रन जोडे । १०६ बलको उनका पारीमा १५ चौका र ३ छक्का समावेश थियो । दासुन सानाकाले ५० बलमा ९७ रन जोडे । जानिथ लायन्गले अविजित रहँदै २७ बलमा ६१ रन बनाए । अभिस्का फर्नान्डोले पनि ९७ रन जोडे ।

    यस अघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले ४ विकेटको क्षतिमा ४२९ रन बनाएको हो । इङ्गल्यान्डका लागि कप्तान हेरी ब्रुकले ११६ बलमा २०२ रन बनाए । विल ज्याक्सले अविजित रहँदै ३० बलमा ६६ रन जोडे । जारी त्रिकोणीय शृङ्खलामा इङ्गल्यान्डको यो लगातार दोस्रो हार हो । यस अघि पाकिस्तानसँग पनि इङ्लिस टोलीले हारका सामना गरेको थियो । पाकिस्तानले श्रीलङ्कालाई पनि हराएको थियो ।

    ब्र्क एक दिवसीय क्रिकेटमा दोहोरो सत्तक प्रहार गर्ने पहिलो इङ्लिस खेलाडी बनेका छन् । यस भन्दा अघि सबै भन्दा बढी रन प्रहार गर्ने इङ्लिस खेलाडी बेन स्टोक्स हुन् । उनले सन् २०२३ मा न्युजिल्यान्डसँगको खेलमा १८३ रन बनाएको थिए ।

    २० वर्ष यता यो सबैभन्दा धेरै रन पछ्याइएको खेल हो । सन् २००६ मा दक्षिण अफ्रिकाले अस्ट्रेलियाले दिएको ४३५ रनको लक्ष्य पुरा गरेर कीर्तिमान कायम गरेको थियो । त्यो कीर्तिमान अझै कायम नै छ । त्यस पछिको सबै भन्दा धेरै रनको कीर्तिमान पछ्याइएको खेल यही नै हो ।

    पाकिस्तानी क्रिकेटका दोहोरो सतक प्रहार गर्ने पहिलो खेलाडी ब्र्क हुन् । यस अघि पाकिस्तानी भूमिमा सबै भन्दा धेरै रन प्रहर गर्ने खेलाडी दक्षिण अफ्रिकाका गेरी क्रिस्न थिए । उनले सन् १९९६ को विश्वकपमा युएई विरुद्धमा अविजित १८८ रन प्रहार गरेका थिए । अहिले उनको कीर्तिमान भङ्ग हुँदा उनी श्रीलङ्काको प्रशिक्षक भएर त्यस खेल हेरेका थिए ।

    ब्र्क सबै भन्दा छिटो दोहोरो सतक प्रहार गर्ने खेलाडी पनि बने । उनले ११४ बलमा दोहोरो सतक पूरा गरेका हुन् । गत महिना भारतका सुभमन गिलले गुहवटीमा भएको खेलमा वेस्ट इन्डिजको विरुद्धमा ११७ बलमा दोहोरो सत्तक प्रहार गरेर कीर्तिमान राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images