काठमाडौं-युरोपेली च्याम्पियन्स लिगको बुधवार राती भएको खेलमा दुवै स्पेनिस टोलीले सफलता हात पारेका छन् । रियल म्याड्रिडले आरबी लेइपेगलाई ४–१ ले हरायो । सो खेलमा बर्नान्डो सिल्भाले रियलका लागि पहिलो गाले समेत गरे । यसै सिजनको सुरुवातमा म्यानचेस्टर सिटीबाट रियल पुगेका उनले ४३ औ मिनेटमा नजिकैको दुरीबाट गोल गरे ।
५२ औ मिनेटमा आडएलेड गुलरले रियलका लागि अर्को गोल गरे । ८३ औ मिनेटमा केलिएन एम्बाप्पेले गोल गरे । यस सिजनका रियलमा आबद्ध भएका उनको १२ खेलमा १२ औ गोल हो ।
यसै सिजनमा रियल पुगेका भान डिमोन्डेले अर्को गोल गरे । लेइबेगका लागि टी गोमिसले गोल गरे ।
रियल बेटिसले भने फियुनार्डलाई १–० ले हरायो । विजयी टोलीका लागि इस्कोले ५९ औ मिनेटमा गोल गरे । यो जित सहित दुवै टोलीको ९ अङ्क भएको छ । पेरिस सेन्ट जर्मन, लिभरपुल र अस्टन भिल्लाको पनि ९ अङ्क छ । लगातार तेस्रो जित हात पार्ने क्रममा अस्टन भिल्लाले बुधवार राती भएको खेलमा भिकिङलाई ३–१ ले हरायो । भिल्लाले २३ औ मिनेटमा रोस बार्कलीको गोलमा अग्रता लिएको थियो । एमिलियानो बुयन्डाले ३७ औ मिनेटमा पेनाल्टी मार्फत गोल गरे । भिल्लाका हेन्रिक हेगिमले आत्मघाती गोल गरे । भिल्लाका पिटर क्रिस्चेइनसनले गोल गरे ।
कार्लोस अगुस्टाको गोलमा १० खेलाडीमा सीमित इन्टर मिलानले साख्तर डोन्सटेकलाई १–० ले हरायो । सो खेलमा इन्टरका अलेक्जेन्डर बास्टोनीले रातो कार्ड पाएका थिए ।
वायरन म्युनिख र आर्सनल बिचको रोमाञ्चक खेलमा भने २–२ गोलको बराबरी भयो । सो खेलमा एबर्ची एजेको गोलमा आर्सनलले सुरुवाती अग्रता लिए पनि वायरनका अल्फान्सो डेभिसले पहिलो हाफमा नै बराबरी गोल गरेका थिए । दोस्रो हाफमा हेरी केनले पेनाल्टी मार्फत गोल गर्दै वायरनलाई अग्रता दिलाए पनि आर्सनलका लागि डेकलन राइसले बराबरी गोल गरे ।
आर्सनल ७ अङ्क सहित सातौँ स्थानमा छ । वायरन भने ५ अङ्क सहित पाँचौँ स्थानमा छ । यस अघि दुई खेलमा पराजयको सामना गरेको इन्टरको यो पहिलो जित हो ।
बुधवारको अर्को खेलमा कोमोले म्यानचेस्टर युनाइटेडलाई ४–१ले हरायो । सो खेलमा निको पाजले दोस्रो मिनेटमा नै कोमोलाई अग्रता दिलाएका थिए । उनैले अर्को गाले पनि गरे । टासोस डाउभिकास र ज्याकोब रोमनले थप गोल गरे । म्यानचेस्टरका लागि जोसुआ झिर्केले गाले गरे । कोमो ६ अङ्क सहित नवौँ स्थानमा छ । म्यानचेस्टर ३ अङ्क सहित २१ औ स्थानमा छ ।
बुधवारका अन्य खेलमा गोलतासारेले लिलीलाई ४–२ले तथा क्लब ब्रुगले लेनसलाई ३–० ले हराए ।





















