images
images
  • एम्बाप्पेको उपस्थितिसँगै उत्कृष्ट लयमा रियल म्याड्रिड

    काठमाडौं- युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएको खेलमा दुवै स्पेनिस टोलीले सफलता हात पारेका छन् । रियल म्याड्रिडले आरबी लेइपेगलाई ४-१ ले हरायो । सो खेलमा बर्नान्डो सिल्भाले रियलका लागि पहिलो गोल समेत गरे ।

    यसै सिजनको सुरुमा म्यानचेस्टर सिटीबाट रियल पुगेका उनले ४३ औं मिनेटमा नजिकैको दुरीबाट गोल गरे । ५२ औं मिनेटमा आडएलेड गुलरले रियलका लागि अर्को गोल गरे । ८३ औं मिनेटमा केलिएन एम्बाप्पेले गोल गरे । यस सिजनको रियलमा आबद्ध भएका उनको १२ खेलमा १२ औं गोल हो ।

    यसै सिजनमा रियल पुगेका भान डिमोन्डेले अर्को गोल गरे । लेइबेगका लागि टी गोमिसले गोल गरे ।

    रियल बेटिसले भने फियुनार्डलाई १-० ले हरायो । विजयी टोलीका लागि इस्कोले ५९ औं मिनेटमा गोल गरे । यो जितसहित दुवै टोलीको ९ अङ्क भएको छ । पेरिस सेन्ट जर्मन, लिभरपुल र अस्टन भिल्लाको पनि ९ अङ्क छ ।

    लगातार तेस्रो जित हात पार्ने क्रममा अस्टन भिल्लाले बुधबार राति भएको खेलमा भिकिङलाई ३-१ ले हरायो ।

    भिल्लाले २३ औं मिनेटमा रोस बार्कलीको गोलमा अग्रता लिएको थियो । एमिलियानो बुयन्डाले ३७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । भिल्लाका हेन्रिक हेगिमले आत्मघाती गोल गरे । भिल्लाका पिटर क्रिस्चेइनसनले गोल गरे ।

    कार्लोस अगुस्टाको गोलमा १० खेलाडीमा सीमित इन्टर मिलानले साख्तर डोन्सटेकलाई १-० ले हरायो । सो खेलमा इन्टरका अलेक्जेन्डर बास्टोनीले रातो कार्ड पाएका थिए ।

    वायरन म्युनिख र आर्सनलबीचको रोमाञ्चक खेलमा भने २-२ गोलको बराबरी भयो । सो खेलमा एबर्ची एजेको गोलमा आर्सनलले सुरुवाती अग्रता लिए पनि वायरनका अल्फान्सो डेभिसले पहिलो हाफमा नै बराबरी गोल गरेका थिए ।

    दोस्रो हाफमा हेरी केनले पेनाल्टीमार्फत गोल गर्दै वायरनलाई अग्रता दिलाए पनि आर्सनलका लागि डेकलन राइसले बराबरी गोल गरे ।

    आर्सनल ७ अङ्कसहित सातौं स्थानमा छ । वायरन भने ५ अङ्कसहित पाँचौं स्थानमा छ । यसअघि दुई खेलमा पराजयको सामना गरेको इन्टरको यो पहिलो जित हो ।

    बुधबारको अर्को खेलमा कोमोले म्यानचेस्टर युनाइटेडलाई ४-१ ले हरायो । सो खेलमा निको पाजले दोस्रो मिनेटमा नै कोमोलाई अग्रता दिलाएका थिए । उनैले अर्को गाले पनि गरे । टासोस डाउभिकास र ज्याकोब रोमनले थप गोल गरे ।

    म्यानचेस्टरका लागि जोसुआ झिर्केले गाले गरे । कोमो ६ अङ्कसहित नवौं स्थानमा छ । म्यानचेस्टर ३ अङ्कसहित २१ औं स्थानमा छ ।

    बुधबारका अन्य खेलमा गोलतासारेले लिलीलाई ४-२ ले तथा क्लब ब्रुगले लेनसलाई ३-० ले हराए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images