काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगका सम्पूर्ण खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक मान्यता प्रदान गरेको छ ।
यस निर्णयसँगै प्रतियोगिताका सम्पूर्ण खेलहरूले आधिकारिक रूपमा लिस्ट ए टी-२० को दर्जा प्राप्त गरेका छन् ।
नेपाल क्रिकेट संघका अनुसार प्रतियोगिता आगामी कात्तिक ९ देखि मंसिर ५ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा आईसीसीको यस मान्यताले नेपाली क्रिकेटको समग्र विकास, व्यावसायिकता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान उच्च बनाउन थप योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्





















