काठमाडौं- दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टको पहिलो पारीमा अस्ट्रेलिया ९९ रनमै अलआउट भएको छ । दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा ४२५ रन जोडेपछि पारी समाप्तिको घोषणा गरेको थियो । यसपछि दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ९९ रनमा सीमित गरेको हो ।
अस्ट्रेलियाका लागि कप्तान स्टेभन स्मिथले सर्वाधिक २८ रनको योगदान गरे ।
दक्षिण अफ्रिकाका मार्को यान्सनले ११ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । यसअघि दक्षिण अफ्रिकाका लागि कप्तान तेम्बा बुभमाले १७९ रन जोडे ।
यसैगरी तेज गतिमा रन जोडेका यान्सनले १०० बलमा ८५ रन बनाए । सिमोन हार्मरले ८२ रन बनाए ।
पहिलो पारीमा फलोअनमा परेको अस्ट्रेलियाले ब्याटिङ सुरु गरेको थियो ।
यसअघि पनि सन् २०१६ मा हवार्टमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ८५ रनमा नै अलआउट गरेको थियो । यसपछि अस्ट्रेलिया १०० भन्दा कम रनमा आउट भएको यो नै पहिलो पटक हो ।
दोस्रो पारीमा पनि अस्ट्रेलियाले ८ रनमा नै पहिलो विकेट गुमाइसकेको छ ।
– एजेन्सी





















