काठमाडौं– सन् २०२३ को अक्टोबरदेखि इजरायलले गाजामा लगातार आक्रमण गरिरहेको छ । सन् २०२३ अक्टोबर ७ का दिन हमासले गरेको आक्रमणको प्रत्याक्रमणस्वरूप इजरायलले आक्रमण सुरु गरेको थियो ।
हमास लक्षित सो आक्रमणको कारण ३ वर्षयता धेरैले ज्यान गुमाए । धेरै घाइते भए र धेरै विस्थापित भए । हमासविरुद्ध सुरु भएको भनिएको उक्त आक्रमणका कारण यस अक्टोबरसम्म करिब ७५ हजारको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा करिब २१ हजार जना बालबालिका छन् ।
यस विकराल अवस्थाको सृजना हुनुमा धेरैले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आरोप पनि लगाएका छन् । अहिले नेतान्याहुको कार्यकाल सकिएको छ । नयाँ प्रधानमन्त्रीका लागि अक्टोबर २७ मा निर्वाचन हुँदैछ ।
पूर्वसेना प्रमुख गाडी आइसेनकोट नेतान्याहुका मुख्य प्रतिस्पर्धी हुन् । बारम्बारको सर्वेक्षणमा आइसेनकोटको दल यासर पार्टी नेतान्याहुको दलभन्दा अग्रणी देखिएको छ ।
त्यसो त निर्वाचनको परिणाम अहिले नै यकिन गर्न सकिँदैन । तथापि विश्वमा चलिरहेको उग्र दक्षिणपन्थीको लहरले इजरायलमा पनि प्रभाव पार्ने असर अहिले देखिएको छ ।
पछिल्लो समय ५ जना जेहादी नेताहरूको बीचमा वार्ता भएको समाचार बाहिर आएको छ । सेप्टेम्बर २६ मा इजरायलको तेल अभिभमा भएको उक्त भेटघाटमा बेचार्डको प्रतिनिधित्व गर्ने नाफताली बेनेट र याइर लेपिडलगायत छन् । इजरायल बायतनुका नेता अबिगडोर लिबरम्यान र डेमोक्रेट आइर गोलान छन् ।
पछिल्लो समय इजरायली आक्रमण हमासमा सीमित रहेन । अझ भनौं, गाजामा मात्र सीमित रहेको छैन । इजरायली आक्रमणको असर लेबनान, सिरिया, इरान, कतार र यमनमा समेत जारी छ ।
यत्ति धेरैको ज्यान गएका कारण युद्ध अपराधको आरोप समेत लागेका नेतान्याहुलाई प्रतिस्थापन गर्ने उनी सम्भवतः कुनै उदारवादी नेता हुने सम्भावना कम छ । यसरी भेटघाट गर्ने पाँच जनामध्ये गोलान भन्दा बाहेक अन्य सबै अति दक्षिणपन्थी हुन् ।
अहिलेको क्याबिनेटमा रहेका राष्ट्रिय सुरक्षामन्त्री इतमार बेन गिभिर र अर्थमन्त्री बेजालेल स्मोटरिच अहिले नै अति दक्षिणपन्थी हुन् । उनीहरू इजरायली राजनीतिमा दक्षिण पन्थीको प्रभाव र पकड सामान्य रहेको बताउँछन् ।
अहिले अग्रता कायम गरेका आइसेनकोट अरबप्रति अझ बढी आक्रामक छन् । हमासलाई निमिट्यान्न पार्नुपर्ने कुरामा उनी अडिग छन् । उनले नेतान्याहुसँग असहमति राख्दै गएको जुनमा राजीनामा दिएका थिए ।
सन् २०२१ र २०२२ मा नेतान्याहुको शासनको बीचमा बेनेट र लेपिडको पनि शासन थियो । यी पूर्ववर्ती शासकहरूले अहिले नेतान्याहुको विरुद्धमा मोर्चाबन्दी गरेका छन् ।
अधीनस्थ गाजा आफ्नो भनी वक्तव्य प्रकाशित गर्ने सवालमा समानता रहेका ५४ वर्षीय बेनेटको विचार अझ कठोर छ । लेपिडले बेनेटलाई दक्षिणपन्थी भएको स्वीकार गर्छिन् । परन्तु उनी इमानदार भएको दाबी लेपिडको छ ।
लेपिड भने अझ कठोर व्यक्तित्वको रूपमा परिचित छन् । इरानमा भएको आक्रमणलाई साथ दिएका उनले सन् २०२५ मा कतारमा भएको आक्रमणपछि इजरायली सेनालाई बधाई दिएका थिए ।
लिबरम्यान आइसनकोटका समर्थक हुन् । उनी गैरजिहादीलाई स्वीकार गर्ने पक्षमा छैनन् । सन् २०१८ मा उनले दिएको अभिव्यक्ति अझ कठोर थियो । उनले गाजामा कोही पनि निर्दोष नभएको भन्ने अभिव्यक्ति दिएका थिए ।
यी भन्दा फरक भने गालान हुन् । उनी डेमोक्रेट नेता हुन् । सन् २०२४ मा लेबर पार्टी र सोसलिस्ट डेमोक्रेटको एकता भएर डेमोक्रेट पार्टीको गठन भएको थियो ।
यो पार्टी लगातार अरबहरूसँगको वार्तामा छ । यसले तल्लो तथा सीमान्तकृत समुदायको पक्षमा समेत वकालत गर्छ ।
उग्र-दक्षिणपन्थी लहर

अहिले संसारमा उग्र-दक्षिणपन्थी लहर चलेको छ । फ्रान्समा अर्को वर्ष आमनिर्वाचन हुँदैछ । धेरै सर्वेक्षण अहिले पनि जारी छ । सर्वेक्षणअनुसार फ्रान्सेली पार्टीले पनि सफलता हात पार्न सक्नेछ ।
जर्मनीमा अल्टरनेटिभ फर जर्मनी (एएफडी) पहिलो शक्तिको रूपमा स्थापित भएको छ । यस महिनाको सुरुमा साक्सोनी अल हान्समा भएको प्रान्तीय निर्वाचनमा एएफडीले ४३ प्रतिशतभन्दा बढी मत पाएको छ । उक्त दल रुससँग सकारात्मक छ । यो दल चीनसँग पनि लचिलो छ ।
अस्ट्रिया, इटाली, फिनल्यान्ड, क्रोएसिया, हगेरी, स्लोभाकिया, नेदरल्यान्ड्स र चेक गणतन्त्रमा अति दक्षिणपन्थीहरूको प्रभाव बढी छ । यी सबै देशमा अति दक्षिणपन्थी मूल शक्तिको रूपमा स्थापित भएको छ । अमेरिकामा समेत अति दक्षिणपन्थीहरूको प्रभाव बढ्दो छ ।
संसारमा चलेको यो अति दक्षिणपन्थीहरूको लहर अहिले ठुला युरोपेली देशमा सीमित छैन । मध्यम तथा निम्न आय भएका देशहरूमा समेत यो प्रभाव बढिरहेको छ ।
यसरी सीमा क्षेत्रमा विवाद भएको स्थानमा दक्षिणपन्थीहरूको प्रभावले आगामी भविष्य कता जाने हो भन्ने धेरैको चासो रहेको छ ।
इजरायलमा अति दक्षिणपन्थीको असर अझ बढी चिन्ताको विषय हो । गाजाको नरसंहारले संसारलाई अत्त्याएको छ ।
इजरायलको एउटा निर्वाचन या एउटा सरकारको कारण सम्पूर्ण समस्याको समाधान त पक्कै हुँदैन । तर नरसंहारको अन्त्य, गाजालाई हेर्ने दृष्टिकोण तथा वेस्ट बैंकको भविष्य इजरायलको अबको सत्ता समीकरणमा निर्भर रहन्छ ।
-बीबीसी, सीएनएन, अल जजिरा र युरेसियालगायतको सहयोगमा


मनोज घिमिरे 




















