images
images
  • आनी छोइङ लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त

    काठमाडौं– बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएकी छन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अनुसार मन्त्रालयको प्रस्तावमा असोज ३० को मन्त्रिपरिषद् बैठकले आनी छोइङलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

    उनको कार्यकाल पाँच वर्षको हुनेछ । कोषको उपाध्यक्षले प्रमुख प्रशासकीय पदाधिकारीको जिम्मेवारीसमेत सम्हाल्ने व्यवस्था छ । तत्कालीन उपाध्यक्ष ल्हाक्याल लामाले राजीनामा दिएप्छि उक्त पद रिक्त थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images