images
images
  • साउदीमा हेलिकोप्टर दुर्घटना, हुथीले खसालेका हुन् ?

    काठमाडौं– साउदी अरबको नजरान क्षेत्रमा प्राविधिक खराबीका कारण एएच–६आई हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ ।

    साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल–मालिकीले आइतबार दुर्घटनाको पुष्टि गरेका हुन् ।

    यमनका हुथी समूहले शनिबार साउदीको अपाचे हेलिकोप्टर खसालेको दाबी गरे पनि साउदी पक्षले त्यसको खण्डन गरेको छ ।

    यद्यपि उक्त हेलिकोप्टर हुथीले नखसालेको साउदीले बताएको छ ।

    पछिल्ला साताहरूमा हुथी समूहले साउदी अरबमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र पारेपछि क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

    साउदी अरबले शनिबार पनि ड्रोन आक्रमणको नयाँ लहर विफल पारेको जनाएको छ ।

    इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले साउदी अरबको सुरक्षाका लागि आवश्यक कदम चाल्न आफ्नो देश तयार रहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images