images
images
  • सैन्य अभ्यासका क्रममा क्यानडाको आधार शिविरमा भीषण आगलागी, सयौंको संख्यामा हताहती भएको आशंका

    काठमाडौं– क्यानडाको अल्बर्टास्थित एक सैन्य आधार शिविर नजिकै लागेको भीषण आगलागीमा परी केही मानिसहरूको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्।

    यो जानकारी क्यानडाका रक्षामन्त्रीले दिएका हुन्।

    रक्षामन्त्री डेभिड म्याकगिन्टीले घटनाको कारण वा हताहत हुनेहरूको यकिन संख्याबारे केही खुलाएका छैनन्। उनले अहिलेको अवस्थालाई ‘अत्यन्तै सक्रिय र संवेदनशील’ भनेका छन्। उनले क्यानेडियन सेना र स्थानीय अधिकारीहरूले आगो नियन्त्रणको प्रयास गरिरहेको बताए।

    शनिबार आगलागी सुरु भएपछि ‘तीव्र हावाका कारण यो तीव्र गतिमा फैलियो’ र यसले सैन्य आधार शिविरका बारहरू समेत भत्कायो भनेर वेनराइट म्युनिसिपल डिस्ट्रिक्टले जनाएको छ। रक्षामन्त्रीले पत्रकारहरूलाई बताए अनुसार हालसालैका दिनहरूमा यस्तो घटना घटेको उनलाई सम्झना छैन।

    आगलागी ठ्याक्कै कहिले सुरु भयो भन्ने स्पष्ट छैन तर स्थानीय समय अनुसार साँझ ५ः३० बजे (जीएमटी अनुसार राति ११ः३० बजे) जिल्ला प्रशासनले पहिलो पटक यस घटनाबारे जानकारी सार्वजनिक गरेको थियो । स्थानीय अधिकारीहरूले बासिन्दाहरूलाई उक्त क्षेत्रतर्फ नजान र आपतकालीन सेवाका सवारी साधनहरूलाई बाटो छोडिदिन आग्रह गरेका छन् ।

    अल्बर्टाकी मुख्यमन्त्री ड्यानियल स्मिथले यो ठूलो र दुःखद आगलागीले प्रान्तका धेरै साहसी सैनिकहरूलाई प्रभावित पारेको बताएकी छन्। छिमेकी प्रान्तहरूले पनि सहयोगका लागि कदम चालेका छन्। सास्काचेवानका प्रिमियर स्कट मोले अल्बर्टामा आवश्यक स्रोत(साधन पठाएको र आवश्यक परे अझ बढी सहयोग गर्न तयार रहेको बताएका छन्।

    त्यस्तै ब्रिटिश कोलम्बियाका प्रिमियर डेभिड इबीले आफ्नो सरकारले ूसम्भव भएसम्मको सम्पूर्ण सहयोगू उपलब्ध गराउने प्रस्ताव गरेको जानकारी दिएका छन्।

    सीबीसीका अनुसार, वेनराइट क्यानेडियन सेनाद्वारा ‘लाइभ-फायर’ (वास्तविक गोलीगठ्ठा प्रयोग गरिने) तालिम अभ्यासका लागि प्रयोग गरिने मुख्य आधार शिविर हो। यहाँ सामान्य अवस्थामा करिब ६९० सैनिक र ३०० निजामती कर्मचारी कार्यरत रहन्छन्। आगलागी भएको क्यानेडियन फोर्सेस बेस वेनराइट देशकै सबैभन्दा व्यस्त सैन्य प्रशिक्षण केन्द्रहरूमध्ये एक हो।

    क्यानडेली टेलिभिजन नेटवर्क ‘ग्लोबल न्युज’ ले सैन्य स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार प्रत्यक्ष गोलीबारीसहितको सैन्य अभ्यास चलिरहँदा ग्यास पाइपलाइनमा क्षति पुगेपछि कम्तीमा सात जनाको मृत्यु भएको छ र दर्जनौं मानिसहरू घाइते भएका छन्।

    क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले यो ठूलो आगलागी निम्त्याउने गम्भीर घटना भएको बताएका छन्। उनले प्रभावित भएका सबै साहसी महिला तथा पुरुषहरूप्रति आफ्नो समवेदना व्यक्त गरेका छन्।

    ‘क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसनुका अनुसार एडमन्टनस्थित रोयल अलेक्जेन्ड्रा अस्पतालले कोड अरेन्ज घोषणा गरेको छ । यो धेरै मानिस हताहत हुने खालका विपद्को अवस्थामा अपनाइने एक विशेष आपतकालीन प्रोटोकल हो । सो अस्पतालको आपतकालीन विभागका चिकित्सक वारेन थिर्स्कले प्रसारक संस्थालाई बताएअनुसार त्यहाँ आइपुगेका बिरामीहरूको संख्या यति धेरै छ कि यसले एडमन्टनका स्वास्थ्य सेवा सुविधाहरूमाथि अत्यधिक भार थप्नेछ।

    ‘अहिले यहाँ हामीले सोचेभन्दा धेरै बिरामीहरू आइपुगेका छन्। यो एउटा विपद् हो। यस्तो विपद् १५ देखि २५ वर्षमा एकपटक मात्रै देख्न पाइन्छ’, उनले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images