images
images
  • कांग्रेस महाधिवेशन मतपरिणाम : गगन पहिलो, चिरीबाबु दोस्रो, शीर्ष १० मा परे को–को ? (सूचीसहित)

    काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सर्वाधिक मत प्राप्त गरेका छन् ।

    सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्कालाई पराजित गर्दै थापाले ६ हजार ५८४ मत प्राप्त गरेका हुन् ।

    यो कुल मतको ९४.६ प्रतिशत हो ।

    खड्काले भने ३७५ मत अर्थात् ५.४ प्रतिशत मत प्राप्त गरेका छन् ।

    महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने शीर्ष १० को सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्य, सहमहामन्त्री तथा विभिन्न समूहबाट निर्वाचित सदस्यहरू परेका छन् ।

    उपलब्ध मतपरिणामअनुसार दोस्रो स्थानमा ललितपुर महानगरपालिकाका प्रमुखसमेत रहेका खुला केन्द्रीय सदस्य चिरीबाबु महर्जन छन् ।

    उनले ५ हजार ३३० मत प्राप्त गरेका छन् ।

    यो कुल मतको ७७.५ प्रतिशत हो ।

    तेस्रो स्थानमा वासना थापा रहेकी छन् ।

    महिला खुला केन्द्रीय सदस्यमा निर्वाचित उनले ५ हजार १९३ मत अर्थात् ७४ प्रतिशत प्राप्त गरेकी छन् ।

    त्यस्तै, बागमती प्रदेशबाट महिला केन्द्रीय सदस्यमा निर्वाचित हरिप्रभा खड्गी ५ हजार १२६ मतसहित चौथो स्थानमा रहेकी छन् ।

    उनले ७३.८ प्रतिशत मत प्राप्त गरेकी छन् ।

    महिला सहमहामन्त्रीमा निर्वाचित प्रतिमा गौतम ५ हजार ११६ मतसहित पाँचौँ स्थानमा रहेकी छन् ।

    उनले ७२.९ प्रतिशत मत प्राप्त गरेकी छन् ।

    खुला केन्द्रीय सदस्यमा निर्वाचित निश्कल राई ४ हजार ९५६ मतसहित छैटौँ स्थानमा छन् ।

    उनको मत प्रतिशत ७२ रहेको छ ।

    दलित सहमहामन्त्रीमा निर्वाचित प्रकाश रसाइली ‘स्नेही’ ४ हजार ८०३ मतसहित सातौँ स्थानमा छन् ।

    उनले ६९.२ प्रतिशत मत प्राप्त गरेका छन् ।

    जनजाति केन्द्रीय सदस्यमा निर्वाचित तीर्थ लामा ४ हजार ८५३ मतसहित आठौँ स्थानमा रहेको विवरणमा उल्लेख छ ।

    खुला केन्द्रीय सदस्यमा निर्वाचित इन्द्रबहादुर बानियाँ ४ हजार ७३२ मतसहित नवौँ स्थानमा छन् ।

    उनले कुल मतको ६८.८ प्रतिशत प्राप्त गरेका छन् ।

    त्यस्तै, गण्डकी प्रदेशबाट ३५ वर्षमुनिको युवा केन्द्रीय सदस्यमा निर्वाचित इन्जिनियर सुवास पौडेल ४ हजार ५४९ मतसहित शीर्ष १० मा परेका छन् ।

    उनले ६५.८ प्रतिशत मत प्राप्त गरेका छन् ।

    सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० उम्मेदवार

    १. गगनकुमार थापा : सभापति– ६,५८४ मत (९४.६ प्रतिशत)

    २. चिरीबाबु महर्जन : खुला केन्द्रीय सदस्य– ५,३३० मत (७७.५ प्रतिशत)

    ३. वासना थापा  : महिला खुला केन्द्रीय सदस्य– ५,१९३ मत (७४ प्रतिशत)

    ४. हरिप्रभा खड्गी : बागमतीबाट महिला केन्द्रीय सदस्य– ५,१२६ मत (७३.८ प्रतिशत)

    ५. प्रतिमा गौतम : महिला सहमहामन्त्री– ५,११६ मत (७२.९ प्रतिशत)

    ६. निश्कल राई : खुला केन्द्रीय सदस्य– ४,९५६ मत (७२ प्रतिशत)

    ७. प्रकाश रसाइली ‘स्नेही’ : दलित सहमहामन्त्री– ४,८०३ मत (६९.२ प्रतिशत)

    ८. तीर्थ लामा : जनजाति केन्द्रीय सदस्य– ४,८५३ मत (६९.१ प्रतिशत)

    ९. इन्द्रबहादुर बानियाँ : खुला केन्द्रीय सदस्य– ४,७३२ मत (६८.८ प्रतिशत)

    १०. इन्जिनियर सुवास पौडेल : गण्डकीबाट ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य– ४,५४९ मत (६५.८ प्रतिशत)

    प्रतिक्रिया दिनुहोस्
    images
    images