images
images
  • जनकपुरमा सवारी दुर्घटनाः एकको मृत्यु, तीन जना घाइते

    जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका– १७ तेतरिया पुलमा गएराति दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी ओमप्रकाश खनालका अनुसार एउटा मोटरसाइकलका चालक १८ वर्षीय सुजित यादवको मृत्यु भएको हो ।

    यादवले चलाएको मोटरसाइकलमा सवार बलराम यादव, अर्को मोटरसाइकलका चालक कमला नगरपालिका–७ का २० वर्षीय रामपुकार यादव र त्यसमा सवार सोही स्थानका अखिलेश यादव घाइते भएका हुन् । अखिलेशको अवस्था गम्भीर छ । निजको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार जारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images