images
images
  • मधेशमा एमाले–जसपा सत्ता गठबन्धनका लागि गृहकार्य, ओली र यादवबीच बाक्लो उठबस

    काठमाडौं– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच छलफल भएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूबीच यस विषयमा छलफल भएको हो ।

    जसपा नेपालका संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा नयाँ सरकार गठन गर्ने गरी गठबन्धन बनाउने प्रयास भइरहेको एक नेताले बताएका छन् ।

    एमालेले नेपाली कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि नयाँ राजनीतिक समीकरणको प्रयास सुरु भएको हो ।

    यद्यपि, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग सहकार्य गरेर सरकारमा सहभागी हुने विषयमा कुनै निर्णय वा समझदारी नभएको स्पष्ट पारेका छन् ।

    तत्काल एमालेसँग सहकार्यको सम्भावना नरहेको उनको भनाइ छ ।

    यद्यपि गुन्डू बस्ने ओली र हात्तीवन बस्ने यादवबीच पटकपटक भेटवार्ता भएको बताइएको छ ।

    KP Sharma Oli and Upendra Yadav vetbarta 1024x534 1

    १०७ सदस्यीय मधेश प्रदेश सभामा जसपा नेपालका २७, एमालेका २३, कांग्रेसका २२ र नेपाली कम्युनिस्ट पार्टीका १५ सांसद छन् ।

    प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images