images
images
  • कांग्रेस नयाँ नेतृत्वको सम्पूर्ण मतपरिणाम आज आइसक्ने, भोलि केन्द्रीय समिति बैठक (भिडिओसहित)

    काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने भएको छ ।

    निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आज रातिसम्म सबै पदको मतपरिणाम आइसक्ने जानकारी दिए ।

    कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ ।

    अहिले केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना जारी छ ।

    निर्वाचन समितिले मतगणनालाई तीव्रता दिएसँगै बाँकी परिणामसमेत आजै सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

    आज रातिसम्म सबै मतपरिणाम आएपछि शुक्रबार नयाँ केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ ।

    सोही बैठकमा नयाँ केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले शपथ लिनेछन् ।

    केन्द्रीय समिति बैठकले महत्वपूर्ण निर्णय गरेपछि सबैलाई दशैंका लागि बिदा गर्ने तयारी छ ।

    सभापतिमा गगन थापा, उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् ।

    महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भए ।

    सहमहामन्त्रीका विभिन्न समूहको मतपरिणाम पनि सार्वजनिक भइसकेको छ ।

    खुलातर्फ अजयबाबु शिवाकोटी र रामहरि खतिवडाले जित हासिल गरिसकेका छन् ।

    केन्द्रीय सदस्यतर्फ भने खुला, महिला, प्रदेशगत, समावेशी तथा अन्य समूहको मतगणना भइरहेको छ ।

    खुला केन्द्रीय सदस्यतर्फ ४५ पदका लागि प्रतिस्पर्धा छ ।

    धेरै उम्मेदवार र ठूलो सङ्ख्यामा मतपत्र गणना गर्नुपर्ने भएकाले सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्न समय लागेको निर्वाचन समितिले जनाएको छ ।

    पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणना भइरहेको छ ।

    बाँकी समूहको गणना सम्पन्न गरी आज रातिसम्म सम्पूर्ण परिणाम सार्वजनिक गर्ने लक्ष्य समितिको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images