images
images
  • धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने सर्वोच्च अदालतको फैसला

    काठमाडौं– भारतको सर्वोच्च अदालतले धर्म परिवर्तन गरेपछि पुरानो जातीय पहिचानका आधारमा आरक्षण सुविधा दाबी गर्न नसकिने फैसला गरेको छ ।

    तमिलनाडुमा मुस्लिम बनेका व्यक्तिलाई आरक्षण सुविधा दिने राज्य सरकारको निर्णय बदर गर्ने मद्रास उच्च अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको हो ।

    अदालतका अनुसार हिन्दु सामाजिक व्यवस्थामा जातका आधारमा कायम रहेको सामाजिक पछौटेपन अर्को धर्म अपनाएपछि स्वतः हस्तान्तरण हुँदैन ।

    यससँगै धर्म परिवर्तन र जातीय आरक्षणसम्बन्धी कानुनी व्यवस्थाबारे भारतको सर्वोच्च अदालतले महत्त्वपूर्ण व्याख्या गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images