काठमाडौं– बैंकिङ समूहमा देखिएको वृद्धिसँगै बुधबार सेयर बजार परिसूचक नेप्से २१.३२ अंक बढेर २६२१ अंकमा पुगेको छ ।
योसँगै बजार लगातार पाँच कारोबार दिन बढेको छ ।
बुधबार बैंकिङ समूह १.४५ प्रतिशत बढ्यो ।
विकास बैंक, जीवन बीमा र निर्जीवन बीमासहित सबै समूहगत सूचक सकारात्मक रहे ।
बजारमा कारोबार रकम भने घटेको छ ।
मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब १३ करोड रुपैयाँमा सीमित भयो ।
यस दिन १८८ कम्पनीको सेयर मूल्य बढ्दा ८० कम्पनीको घट्यो भने ९ कम्पनीको स्थिर रह्यो ।
बुधबार कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक र सानिमा बैंकका सेयरमा सबैभन्दा धेरै कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्






















