images
images
  • रेल सञ्चालनबाट अलग हुने भारतीय कम्पनीको तयारी

    कुर्था–जयनगर रेल सञ्चालनका लागि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ भएकोमा भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले सम्झौताबाट बाहिरिने संकेत गरेको छ ।बुधबार नेपाल रेलवे कम्पनीका महाप्रबन्धकसहित सरोकारवाला निकायलाई पठाएको पत्रमा यस्तो ढिलाइ हुँदै गए आफ्नो कम्पनी सम्झौताबाट बाहिरिने संकेत पनि दिएको हो ।

    पाँच महिनाअघि मे २१, २०२१ मा नेपाल रेलवे कम्पनी र भारतीय रेल्वे कम्पनीबीच जयनगर–कुर्थामा रेल सञ्चालनको सम्झौता भएको थियो । सो सम्झौता अनुसार नेपालले वार्षिक ३५ करोड रुपैयाँ दिने तथा यसका लागि आवश्यकमध्ये २६ जनशक्ति कम्पनीबाट बेहोर्ने उल्लेख छ । तर सम्झौता भएको लामो समय बित्दा पनि अग्रिम रुपमा दिनुपर्ने २० प्रतिशत रकम भुक्तानी नदिएकोले गर्दा सम्झौता अघि बढाउन नसक्नेतर्फ कम्पनीले संकेत गरेको हो ।

    नेपालमा रेल सञ्चालनको लागि अनिश्चितता देखिएको र लामो समय हुँदा पनि सञ्चालनमा लागि प्रकृया अगाडि बढ्न नसकेको बताउँदै पत्रमा रेल सञ्चालनको लागि गरिएको सम्झौताअनुसार अबका दिनमा सोही दरमा रेल सञ्चालन गर्न नसकिने पत्रमा उल्लेख गरेको छ । भारतीय रेल्वे कम्पनीले नेपालमा ल्याउने विज्ञलाई पनि लामो समय भूमिकाविहीन बनाएर राख्न नसकिने बताएको छ ।

    कम्पनीले जनवरी १९ मा रेलको डेमो सञ्चालनको लागि प्रस्ताव गरेको थियो । नेपाली कम्पनीले व्यावसायिक मर्मतको लागि प्रस्ताव गरेको थियो । नेपाल रेल्वे र विभाग मिलेर भारतको रेल्व कम्पनीलाई कम रेटमा रेल सञ्चालन गर्ने सुझाउँदै सम्झौता गर्न दबाब दिएको र कम दरमा सम्झौता भएको जनाएको छ । सम्झौता अनुसार २० प्रतिशत अग्रिम भुक्तानी गर्ने भनेर आपसी सम्झौता भएको थियो ।

    तर कम्पनीले सम्झौता बमोजिम भुक्तानी पठाउने तयारी गर्दा कम्पनीका महाप्रबन्धकलाई स्पष्टीकरण सोधेकाले भुक्तानी गर्न नकिएको बुधबारमात्र राजीनामा दिएका महाप्रबन्धक गुरु भट्टराईले बताएका थिए । तर सम्झौता बमोजिमको रकम उनले राजीनामा दिनुअघि नै भुक्तानी गर्नुपर्ने भएपनि हालसम्म हुन सकेको छैन ।नेपालले रेल सञ्चालनका लागि १० महिना अघि करिब ८५ करोड खर्चेर दुई थान रेलको डब्बा खरिद गरेको थियो तर प्रकृयागत ढिलाइको कारणले अझै सञ्चालनमा आएको छैन ।

    नेपालले भुक्तानी नगरेपछि रेल सम्झौता रद्द गर्ने भारतको चेतावनी
    सम्झौताअनुसार नेपालले २० प्रतिशत अग्रिम भुक्तानी उपलब्ध गराउन नसकेपछि भारतले जयनगर–कुर्था रेलसेवा सम्झौता खारेज गर्ने चेतावनी दिएको छ ।कोनकाँण रेलवे कर्पोरेसनका प्रमुख मेकानिकल इन्जिनियर दीपक त्रिपाठीले नेपाल रेलवे कम्पनीका महाप्रबन्धलाई पत्र लेखी नेपालले सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन् ।

    नेपालले चाँडै रेलसेवा संचालन नगरे सम्झौता रद्द हुने व्योहोराको पत्र गत बुधबार पठाइएको हो । सोही पत्र प्राप्त गरेकै दिनमा नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् ।कोनकाँण कम्पनीले दुईवर्षअघि नै रेल सेवा संचालनका लागि प्रस्ताव गरेको थियो । सरकारले २ वटा रेल खरिद गर्ने निर्णय अनुसार कोनकाँणले दुईवटा रेलको डेमो २०२० सेप्टेम्बरमा पठाएको थियो ।

    सोहीअनुसार नेपालले उक्त भारतीय कम्पनीसँग सन् २०२१ मे २४ मा रेलसेवा संचालन गर्न सम्झौता गरेको थियो । सम्झौताअनुसार रेल चलाउन ट्रयाक पनि तयार भएको र रेल पनि आइसकेको भएपनि नेपालले भुक्तानी गर्न नसक्दा कम्पनीले दुःख पनि व्यक्त गरेको छ ।रेल भित्रिएको एकवर्षसम्म पनि नेपालले रेल नचलाएपछि कोनकण कम्पनीले रेलसेवा संचालन गर्न ताकेता गरेको हो ।

     

    1 2 3

     

    रक्सोल–काठमाडौं रेलमार्गको अध्ययन हुँदै
    सरकारले रक्सोल–काठमाडौं रेलमार्गको अध्ययन सुरु गरेको छ । पूर्व सम्भाव्यता अध्ययन गरिसकेको सरकारले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अर्थात् फाइनल लोकेशन सर्भे गर्न लागेको हो । यसका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौताको तयारी समेत अघि बढेको छ । सम्झौताका लागि पूर्व तयारी भइसकेको गरिसकेको रेल विभागका महानिर्देशक दीपक भट्टराईले जानकारी दिए । उनले भने, “भारत सरकारकै लागतमा फाइनल लोकेशन सर्भे गर्न लागिएको हो । भारतीय रेल्वे कम्पनीको एउटा गाइडलाइन रहेको छ, त्यसको आधारमा सर्भ गर्न लागिएको हो ।”

    सरकारले पूर्णता प्राप्त नगरेको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि मन्त्रीविहीन भएकाले गर्दा कहिले कुन मितिमा सम्झौता हुन भन्ने मिति तय नभएको जनाइएको छ । राजनीतिक तहको प्रकृया पूरा गर्नुपर्ने भएकाले गर्दा पनि मन्त्री नियुतm नभै मिति तय नहुने सम्भावना रहेको छ ।दुई पक्षबीच भएको सम्झौताको मितिले भारतीय पक्षले १८ महिनाभित्रमा १ सय ३५ किलोमिटर लामो परियोजनाको प्रतिवेदन बुझाउने छ ।परियोजनाको भौगोलिक अध्ययन पूरा गरेपछिमात्र के कसरी परियोजनाको निर्माण कार्य अगाडि बढ्ने बारेमा टुंगो लाग्ने बताइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images