काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडा ९१७ मतसहित पहिलो स्थानमा छन् ।
अजयबाबु सिवाकोटी ६५३ मतसहित दोस्रो स्थानमा छन् ।
त्यस्तै, डल्लीराज सुवेदीले ५००, देवेन्द्रराज कँडेलले ३९५, विकास कोइरालाले ३३०, राजीव ढुंगानाले २९३, अमृतकुमार अर्यालले २०४ र विमलराज क्षेत्रीले ७२ मत प्राप्त गरेका छन् ।
कांग्रेसको संशोधित विधानअनुसार खुलातर्फ दुई जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्























