गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले ३५ घर बगाएको छ ।
बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको प्रारम्भिक जानकारी छ ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार आज बिहान ४ बजे ती गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए ।
मानवीय क्षतिबारे कुनै विवरण प्राप्त भइनसकेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















