images
images
  • एसिया प्रशान्त क्षेत्रीय सह–संयोजकमा चीनबाट नबिन विकले उम्मेदावारी दिने घोषणा

    काठमाडौं-गैर आवासीय नेपाली संघ (एनआरएनए) आगामी अक्टोवरमा हुन लागेको विश्व सम्मेलनमा एसिया प्रशान्त क्षेत्रीय सह–संयोजकमा चीनबाट नबिन विकले उम्मेदावारी दिने घोषणा गरेका छन् ।

    सन २००७ मा एनआरएन एनिसिसी (राष्ट्रिय समन्वय परिषद्) गठन भएदेखि सक्रिय रुपमा भूमीका निर्वाह गर्दै आएको विकले आगामी अक्टोवरमा हुन लागेको विश्व सम्मेलनमा एसिया प्रशान्त क्षेत्रबाट क्षेत्रीय सह–संयोजकमा दावी गरेको हो । एनआरएनए चीनमा संस्थाको संस्थापनकालदेखी नै चीनको राष्ट्रिय परिषदमा लागेर दुई कार्यकाल कोषाध्यक्ष, दुई कार्यकाल उपाध्यक्ष, एक कार्यकाल संरक्षक र एक कार्यकाल केन्द्रीय सदस्यको भुमिकामा संस्थालाई योगदान पुर्याई सक्नु भएको नबिन बिकले एशिया प्रशान्त क्षेत्रको उप–संयोजक (डिआरसी) को रुपमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।

    एनआरएनए चीनको सातौ अधिबेशनबाटै विकले सो दावी प्रस्तुत गरेका हुन् । नबिन अन्तराष्ट्रिय समुदाय वा छिमेकी राष्ट्रका समकक्षी अभियान्ताहरुसंग राम्रो दखल राख्ने ब्यक्तिको रुपमा चिनिएका छन् । एनआरएनए चीनले विकलाई नै अन अफिसियल्ली घोषणा गरेको छ। एनआरएनए चीनको सातौ अधिबेशनमा संस्थाका केन्द्रीय पदाधिकारी तथा अग्रजहरुले एनआरएनए चीनले बिगतमा गरेका योगदानको खुलेर प्रशंसा गर्दै एनसीसी चीनलाई केन्द्रमा पनि आएर आफ्नो उपस्थिती जनाउन आग्रह गरे ।

    एनआरएनए चीनका पूर्व अध्यक्ष सुदेश कुमार झा, निवर्तमान अध्यक्ष प्रदीप न्यौपाने र नबनिर्वाचित अध्यक्ष रोहित अग्रवालले एशिया प्रशान्तबाट पुर्ण सहयोग गरेर चीनलाई निर्बिरोध गर्दै चीन प्रति सम्मान र भातृत्व देखाउनु पर्नेमा जोड दिए । एनआरएन चीनमा अरु देशको तुलनामा कम सदस्य संख्या भएपनि कार्यक्षमता र योगदानको हिसाबले सधै युरोप, अमेरिका वा जापानकै हाराहारीमै छ । नेपाली एयरपोर्टमा ट्रली होस वा भुकम्पको बेलामा सहयोग गर्दा वा शंखमुल पार्क बनाउदा होस वा बाढी पिडित र अग्नि पिडितलाई राहत बाँड्दा होस एनआरएन चीनले सधै नै मन खोलेर सहयोग गर्दै आएको छ।

    कोरानोको पहिलो र दोस्रो लहरमा एनआरएनए चीनले महत्वपूर्ण भूमीका खेलेको छ । साथै कोरोनाले आक्रान्त देशमा मास्क र पिपिई नपाएर छटपटाई रहेको समयमा एनआरएनए चीनले तुरुन्तै स्वास्थ्य सामाग्री पठाएर ठूलो गुण लगाएको थियो। दोस्रो लहरमा पनि बिभिन्न देशबाट संकलीत रकमबाट नेपालमा स्वास्थ्य सामाग्री खरिद गरि ती सामान नेपाल सम्म पुर्याउन संयोजकको भुमिका खेलेको थियो। कोभिडको बेलामा कोही पनि चीन जान सक्ने स्थिति थिएन, न त जहाज नै चल्ने अवस्था थियो त्यो बेला एनआरएनए चीनको योगदान अविस्मरणीय छ ।

    एसिया प्रशान्त क्षेत्रीय सह–संयोजकमा नबिन बिकलाई किन भोट दिने ?
    १.ओम्नी स्वास्थ्य सामाग्री भ्रष्ट्राचार काण्डमा आफ्नो ज्यानको बाजी लाएर भण्डाफोर गरेर, ओम्नीसंगको सम्झौता खारेज गर्न बाध्य पारी देशको अर्बौ रुपियाँ जोउन भुमिका खेलेको ।
    २.पहिलो कोभीड लहरमा आफै भिडेर राहत सामानहरु नेपाल पुर्याउन अहम भुमिका खेलेको ।
    ३.दोस्रो कोभिड लहरमा समेत चीनबाट एनआरएनएहरुको सामान किनेर नेपाल पठाउन संयोजकको भुमिका खेलेको ।
    ४.एनसिसी चीनले विगतमा बाढी पिडीत, भुकम्प पिडित, अग्नि पिडित, शितलहरदेखी बिभिन्न बिपदमा अग्रणी भुमिका खेलेको।
    ५.भविष्यमा आउन सक्ने बिपद र राहत सामाग्री ब्यबस्थापन गर्नको लागी अझै छिटो, छरितो र अझ प्रभाबकारी बनाउनको लागी ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images