images
images
  • रूसी ठूलो आक्रमणमा ११ जना युक्रेनीको मृत्यु

    किभ– रूसले युक्रेनमा गरेको ठूलोमध्येको एक आक्रमणमा ७० वटा क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको र त्यस क्रममा देशभर कम्तीमा ११ जनाको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

    जेलेन्स्कीका अनुसार रूसी आक्रमणको मुख्य निशाना युक्रेनको ऊर्जा पूर्वाधार थियो ।

    ‘हाम्रो ऊर्जा पूर्वाधार मुख्य निशानामध्ये एक थियो। रुसी पक्षले गम्भीर र प्रदर्शनात्मक रूपमा क्षति पुर्‍याउन खोजेको थियो,’ जेलेन्स्कीले टेलिग्राममार्फत भने ।

    उनले रूसी ब्यालिस्टिक क्षेप्यास्त्र युक्रेनका लागि अझै ठूलो चुनौती रहेको बताउँदै तत्काल हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउनु अत्यावश्यक रहेको उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images