images
images
  • एमालेमा विद्या भण्डारीलाई तीन जिम्मेवारी, के–के गर्न पाउँछिन् ?

    काठमाडौं– नेकपा (एमाले)ले वरिष्ठ नेता विद्यादेवी भण्डारीलाई तीनवटा जिम्मेवारी तोकेको छ ।

    पार्टी केन्द्रीय कार्यालयले मातहतका निकायलाई पठाएको अन्तरपार्टी निर्देशन (अपानी)–३ मा भण्डारीलाई विधानको बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गरी वरिष्ठ नेता मनोनीत गरिएको उल्लेख छ ।

    अपानीअनुसार भण्डारी अध्यक्षपछिको दोस्रो वरीयतामा रहनेछिन् ।

    उनले केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा सहभागी हुँदै अध्यक्षलाई सहयोग गर्ने तथा पार्टीका निर्णयमा योगदान गर्ने जिम्मेवारी पाएकी छन् ।

    त्यस्तै, पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठाको पक्षपोषण गर्ने तथा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयले तोकेका कार्य गर्ने जिम्मेवारी पनि उनलाई दिइएको छ ।

    केन्द्रीय कमिटीको उक्त निर्णय आगामी विधान महाधिवेशनमा अनुमोदनका लागि प्रस्तुत गरिने अपानीमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images