images
images
  • कांग्रेस पदाधिकारीमा पुरानै अनुहारको दबदबा, केन्दीय सदस्यमा युवाको बाहुल्यता

    काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारीतर्फ पुरानै नेताहरूको बाहुल्य देखिएको छ भने केन्द्रीय सदस्यमा युवाको उल्लेख्य उम्मेदवारी परेको छ ।

    सभापतिमा गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन् ।

    वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भएका छन् ।

    यसपटक पार्टीमा नेता व्यवस्थापनका लागि पदाधिकारी संख्या १४ बाट बढाएर २५ पुर्‍याइएको छ ।

    तीन महामन्त्रीका लागि ११ जना प्रतिस्पर्धामा छन् ।

    महिला महामन्त्री पदमा महालक्ष्मी उपाध्याय ‘डिना’ र डिला संग्रौलाले उम्मेदवारी दिएका छन् ।

    कांग्रेसको २ सय ९७ सदस्यीय केन्द्रीय कार्यसमितिमा २ सय ११ सदस्य महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ६६ सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ ।

    ३५ वर्षमुनिका युवाका लागि २१ केन्द्रीय सदस्य पद आरक्षित गरिएको छ ।

    युवा कोटामा मात्रै नभई अन्य क्लस्टरबाट समेत युवाले उम्मेदवारी दिएका छन् ।

    १८ वर्षीया अभिप्सा पौडेलले पनि बागमती प्रदेशबाट युवा महिला क्लस्टरमा उम्मेदवारी दिएकी छन् ।

    कांग्रेस नेता देवराज चालिसेका अनुसार ठूलो संख्यामा युवाको उम्मेदवारी परेकाले आगामी केन्द्रीय कार्यसमितिमा युवाको प्रभाव बढ्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images