images
images
  • लालबन्दीमा १० लाख चोरीको आरोपमा कोटेश्वरबाट एक जना पक्राउ

    काठमाडौं – सर्लाहीको लालबन्दीस्थित एक किराना पसलबाट १० लाख रुपैयाँ नगद चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१४ घर भई हाल काठमाडौं महानगरपालिका–३२, कोटेश्वरमा बस्दै आएका ३६ वर्षीय हिरालाल ब्लोन रहेका छन् ।

    प्रहरीका अनुसार लालबन्दी नगरपालिका–७ स्थित किराना पसलमा राखिएको नगद चोरी गरी फरार भएका ब्लोन काठमाडौंमा लुकिछिपी बसिरहेको विशेष सूचनाका आधारमा पक्राउ परेका हुन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई कोटेश्वरबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका ब्लोनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images