images
images
  • कोभिड रोकथाममा तरुण दल, देशभर सचेतनामूलक अभियान चलाउन परिपत्र

    काठमाडौँ । नेपाल तरुण दलले कोभिड-१९ संक्रमण बढ्दै गएकोले देशभर सचेतनामूलक अभियान चलाउन परिपत्र गरेको छ । अध्यक्ष जितजङ्ग बस्नेतले सबै जिल्ला समितिहरुलाई काभिडविरुद्ध सचेतनामूलक अभियान चलाउन निर्देशन दिँदै परिपत्र गरेका हुन् ।

    सम्भावित महामारीबाट स्थानीय प्रशासनसँग सहजीकरण गर्नरगराउन पनि परिपत्रमा भनिएको छ । ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ कोरोना भाईरसका कारण सिँगो विश्व समुदायले कठिन परिस्थितिको सामाना गरिराख्नु परेको छ । स्वास्थ्य विज्ञहरुको भनाई अनुसार कोभिड-१९ को तेस्रो भेरियन्ट नेपालमा पनि देखा पर्ने सम्भावना रहेको छ,’ परिपत्रमा अगाडि भनिएको छ, ‘यस्तो अवस्थामा अधिल्ला भरियन्टमा जस्तो मानवीय लगायत अन्य क्षेत्रमा क्षति हुन नदिनको लागि पुर्व तयारी गर्नु अति आवश्यक छ । त्यसैले सम्भावित महामारीबाट बच्नको लागि स्थानीय प्रशासनसंग सहजीकरण गर्न÷गराउनको लािग जिल्ला अध्यक्ष ज्यूहरुलाई यो परिपत्र गरिन्छ ।’

    सबै जिल्लामा मास्क प्रयोग अभियान चलाउने र कोभिडविरुद्धको खोप लगाउनको लागि सबैलाई प्रोत्साहनसहित जनचेतना फैलाउन निर्देशन दिइएको छ । यस्तै खोप केन्द्र सम्म पुग्न नसकेका लक्षित वर्गलाई खोप केन्द्रसम्म पुग्न सहयोग गर्ने र खोप केन्द्रलाई व्यवस्थित र सहज बनाउन सम्बन्धित निकायसंग सहजीकरण परिपत्रमा भनिएको छ ।

     

    tt

    प्रतिक्रिया दिनुहोस्
    images
    images