images
images
  • नेपाल–रुसबीच शिक्षा र खेलकुदमा सहकार्य विस्तार गर्नेबारे छलफल

    काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि रुसी राजदूत एलेक्सी भ्लादिमेरोभिकबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल–रुस द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

    भेटमा शिक्षा, खेलकुद, जनशक्ति विकासलगायतका क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।

    मन्त्री पोखरेलले नेपालको जनशक्ति विकासमा रुस सरकारले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले शिक्षा तथा खेलकुदका क्षेत्रमा नेपाल रुसबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

    भेटमा रुसी राजदूत भ्लादिमेरोभिकले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी गर्न रुस इच्छुक रहेको बताउनुभयो । उहाँले यी क्षेत्रमा सहकार्यका नयाँ सम्भावना पहिल्याउँदै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन सकिने धारणा राखे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images