images
images
  • एसियाली खेलकुदमा टेनिसको पुरुष डबल्समा नेपाल विजयी

    काठमाडौं– जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको पुरुष डबल्समा नेपालले विजयी सुरुआत गरेको छ ।

    हिगाशियामा पार्क टेनिस सेन्टरमा आज भएको पहिलो चरणको खेलमा नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काको जोडीले मङ्गोलियाका बाराख मुन्खबातार र जोल्बदार उर्नुखको जोडीलाई ६–२, ४–६ र १४–१२ अङ्कले पराजित गरेको हो ।

    नेपालले पहिलो सेट सहजै आफ्नो पक्षमा पारे पनि दोस्रो सेट मङ्गोलियाली जोडीले जितेको थियो । निर्णायक तेस्रो सेट भने निकै प्रतिस्पर्धात्मक बनेको थियो । अन्ततः बास्तोला र खड्काको जोडीले १४–१२ ले सेट जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।

    जितसँगै बास्तोला र खड्काको जोडी प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । अब क्वाटरफाइनल प्रवेशका लागि नेपाली जोडीले भारतीय खेलाडीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images