images
images
  • तिनाउ नदीको बाढीले बुटवलमा ६ घर बगायो, २०० परिवार सुरक्षित स्थानमा सारिए

    बुटवल–भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ ।

    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बाढीले दुई वटा पक्की र चार वटा कच्ची घर बगाएको हो ।

    निरन्तर वर्षाका कारण तिनाउ नदीसहित आसपासका खोलामा जलस्तर बढेपछि बुटवलको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको थियो । स्थानीय प्रशासनले यसअघि नै नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।

    बाढीको जोखिममा रहेका तटीय क्षेत्रका करिब २०० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

    बाढीबाट भएको थप क्षतिको विवरण संकलन भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images