images
images
  • पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन जना बेपत्ता

    काठमाडौं – पाल्पाका विभिन्न स्थानमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ व र्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा परी मृत्यु भएको हो ।

    प्रहरीले दुवै जनाको शव पहिरोबाट निकालिसकेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ ।

    यसैबीच पहिरोमा परी तीन जना बेपत्ता भएका छन्। माथागढी गाउँपालिका–३ कसेनी भैँसीकट्टामा पहिरोले लिलबहादुर घर्तीमगरको घर पुरिँदा उनको परिवारका दुई जना र छिमेकीकी एक छोरी बेपत्ता भएका हुन् ।

    बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images