images
images
  • कालीगण्डकीले पुल बगाउँदा मुस्ताङसँगको सडक सम्पर्क विच्छेद

    काठमाडौं– कालीगण्डकी नदीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर–२ भुरुङ–तातोपानीको नौलीबगर जोड्ने पुल बगाएको छ ।

    अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार पुल बगेपछि गाउँपालिकाका वडा नम्बर २, ३ र ४ तथा मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको छ ।

    यसैगरी, अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा एउटा र वडा नम्बर–३ फगाममा एउटा घर पहिरोले पुरिएको छ । पुरिएका घरमा रहेका दुई जनाको अवस्था अज्ञात रहेको र उनीहरूको खोजी भइरहेको गाउँपालिकाले जनाएको छ ।

    बाढीका कारण बेनी–जोमसोम सडकअन्तर्गत खामभित्तामा समेत कालीगण्डकीले सडक कटान गरेको छ। सडक कटान भएपछि उक्त क्षेत्रमा यातायात प्रभावित भएको छ ।

    यस्तै, अन्नपूर्ण गाउँपालिका–४ घरापस्थित निलगिरि आधारभूत विद्यालयमा समेत बाढी तथा पहिरोका कारण क्षति पुगेको छ। क्षतिको थप विवरण संकलन भइरहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images