images
images
  • हथवे इन्भेस्टमेन्टमा १५ प्रतिशतको पहिरो, लक–इन खुलेसँगै उच्च बिक्री चाप

    काठमाडौं– लक–इन अवधि समाप्त भएसँगै हथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड को शेयर मूल्यमा उच्च बिक्री चाप देखिएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार कम्पनीको शेयर मूल्य १५ प्रतिशतले घटेर ४९९ रुपैयाँ ८० पैसामा झरेको छ ।

    बिहीबार ५८८ रुपैयाँमा बन्द भएको कम्पनीको शेयर मूल्य शुक्रबार ८८ रुपैयाँ २० पैसाले घटेको हो । कारोबार सुरु भएदेखि नै बिक्री चाप बढेपछि कम्पनीको शेयर मूल्य १५ प्रतिशतको नकारात्मक सर्किटमा पुगेको हो ।

    कम्पनीका संस्थापक तथा कर्मचारीतर्फको कुल २ करोड ५ लाख ३३ हजार ५०० कित्ता शेयरको लक–इन अवधि शुक्रबारदेखि समाप्त भएको छ । यसमध्ये २ करोड ४ लाख ७५ हजार कित्ता संस्थापक शेयर र ५८ हजार ५०० कित्ता कर्मचारी शेयर रहेको छ ।

    लक–इन अवधि सकिएपछि ती शेयर कारोबारका लागि योग्य हुने भएकाले बजारमा बिक्रीयोग्य शेयरको आपूर्ति बढ्ने अपेक्षा गरिएको थियो । यही कारण कम्पनीको शेयरमा बिक्री दबाब बढेको बजार सहभागीहरूको बुझाइ छ ।

    तर, लक–इन खुलेका सबै शेयर तत्काल बिक्री भएको निष्कर्ष निकाल्न भने सकिँदैन। वास्तविक रूपमा कति शेयर बिक्री भयो भन्ने विषय कारोबार विवरण तथा फ्लोरसिटबाट थप स्पष्ट हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images