images
images
  • ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को दर्ता किताब असोज १२ मा बन्द

    काठमाडौं – ग्लोबल आइएमई क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले प्रतिफल वितरणका लागि इकाईधनी दर्ता किताब बन्द गर्ने भएको छ ।

    फण्डको दर्ता किताब आगामी असोज १२ गते सोमबार एक दिनका लागि बन्द रहनेछ । त्यसअनुसार असोज ९ गते शुक्रबारसम्म कायम इकाईधनी प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।

    फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीलाई करसहित १२ प्रतिशत नगद प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।

    प्रतिफल वितरणसम्बन्धी निर्णय भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images