काठमाडौं– स्थानीय बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य प्रतितोला तीन हजार ६०० र चाँदीको मूल्य १५० ले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख तीन हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७७५ कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६२५ कायम भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















