images
images
  • सर्वोत्तम पेन्ट्सले १० प्रतिशत बोनस शेयर पारित गर्न साधारण सभा बोलायो

    काठमाडौं – सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ ।

    कम्पनीले असोज २५ गते आइतबार कैलालीको गोदावरीस्थित होटल जंगल स्पा प्रालिमा साधारण सभा आयोजना गर्ने भएको हो । सभा दिउँसो १ बजे सुरु हुनेछ ।

    सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।

    त्यस्तै, सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेस हुनेछ ।

    कम्पनीले संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट एक जना सञ्चालक निर्वाचित गर्ने प्रस्तावसमेत सभामा लैजाने भएको छ ।

    असोज १३ गते बुक क्लोज

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १३ गते मंगलबार एक दिनका लागि शेयर दाखिला खारेज गर्ने भएको छ ।

    यसअनुसार असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

    सभाबाट लाभांश प्रस्ताव पारित भएपछि योग्य शेयरधनीलाई नियमानुसार बोनस शेयर तथा नगद लाभांश वितरण गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images