images
images
  • इरानविरुद्ध अर्को चरणको युद्ध गर्न खाडी राष्ट्रसँग छलफल गर्दै ट्रम्प

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धपछि अपनाउने रणनीतिबारे खाडी सहयोग परिषद्का नेताहरूसँग छलफल गर्ने भएका छन् ।

    संयुक्त राष्ट्रसंघको महासभाका क्रममा आगामी मंगलबार न्युयोर्कमा साउदी अरेबिया, यूएई, कतार, बहराइन, कुवेत र ओमानका नेतासँग ट्रम्पले भेटवार्ता गर्ने तयारी रहेको अमेरिकी सञ्चारमाध्यम एक्सियसले जनाएको छ ।

    बैठकमा युद्धपछि इरानसँगको सम्बन्ध, क्षेत्रीय सुरक्षा तथा आर्थिक अवस्थाबारे अमेरिकी योजनामाथि छलफल हुने अपेक्षा गरिएको छ ।

    ट्रम्प प्रशासनले युद्धपछिको अवस्थाका लागि ‘डे–आफ्टर’ योजना तयार गरिरहेको बताइएको छ ।

    इरानसँगको युद्धका कारण खाडी मुलुकहरूले सैन्य तथा आर्थिक असर बेहोरेका छन् ।

    यसैबीच, ट्रम्पले युद्ध अन्त्यतिर पुगेको आशा व्यक्त गर्दै इरान सम्झौताको तयारीमा रहेको दाबी गरेका छन् ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि न्युयोर्कमा ट्रम्पसँग भेट गर्न चाहेको बताइएको छ, तर भेटवार्ता भने तय भइसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images