images
images
  • घर–जग्गा किन्न र घर बनाउन महालक्ष्मी विकास बैंकको कर्जा योजना

    काठमाडौं – महालक्ष्मी विकास बैंकले काठमाडौँको भृकुटीमण्डपमा जारी नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३ मा सहभागिता जनाएको छ ।

    भदौ १ देखि ४ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा बैंकले घर वा जग्गा खरिद तथा घर निर्माणका लागि आवश्यक कर्जासम्बन्धी परामर्श, सहजीकरण र समन्वय गर्ने जनाएको छ ।

    बैंकले ग्राहकको आवश्यकताअनुसार सरल र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले प्रदर्शनीमा सहभागिता जनाएको हो ।

    बैंकका अनुसार भदौ महिनामा यसको आधार दर ५ दशमलव ६४ प्रतिशत रहेको छ । यही आधारमा घर–जग्गा खरिद तथा घर निर्माणका लागि कर्जा लिन चाहने ग्राहकले कर्जा सुविधा लिन सक्नेछन् । प्रदर्शनी अवधिमा बैंकले प्रशासनिक शुल्कमा समेत विशेष छुट दिने जनाएको छ ।

    प्रदर्शनीमा बैंकको स्टल नम्बर २२१ मा पुगेर कर्जा प्रक्रिया, ब्याजदर तथा अन्य बैंकिङ सुविधाबारे प्रत्यक्ष जानकारी लिन सकिनेछ ।

    नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा प्रदर्शनी भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images