images
images
  • बोलेरो दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

    काठमाडौं– देउमाई नगरपालिका–१ मा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    देउमाई–१ बाट देउरालीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३७०६ नम्बरको बोलेरो साधुगाउँस्थित भित्री सडकमा अनियन्त्रित भएर पल्टिएको हो ।

    दुर्घटनामा देउमाई–१ चमैताका ३५ वर्षीय चालक तीर्थराज बस्नेत बोलेरोले किचिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

    दुर्घटनापछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार दुर्घटनाका बेला बोलेरोमा चालक मात्रै सवार थिए ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images