images
images
  • विकास हाइड्रोपावरले घोषणा गर्‍यो १० प्रतिशत बोनस सेयर

    काठमाडौं – विकास हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।

    भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    कम्पनीका अनुसार प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरिनेछ । साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई लाभांश वितरण गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images