images
images
  • बाढी प्रभावित नुवाकोट र रसुवामा सिएमसीको २१ सदस्यीय चिकित्सक टोली

    काठमाडौं– चितवन मेडिकल कलेज ९सिएमसी० शिक्षण अस्पतालले बाढी प्रभावित नुवाकोट र रसुवामा निःशुल्क स्वास्थ्य उपचार सेवा दिन विशेषज्ञ चिकित्सकसहित २१ सदस्यीय टोली पठाएको छ ।

    अस्पतालले आज बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक, स्वास्थ्यकर्मी तथा विशेषज्ञसहितको टोली पठाएको हो । टोलीले आगामी असोज ५ गतेसम्म नुवाकोट र रसुवाका विभिन्न प्रभावित क्षेत्रमा पुगेर निःशुल्क स्वास्थ्य उपचार तथा स्वास्थ्य परीक्षण गर्नेछ ।

    टोलीको नेतृत्व गरेका डा। वीरेन्द्र राउतका अनुसार टोलीमा मुटुरोग, जनरल मेडिसिन, हाडजोर्नी, मनोरोगलगायत विभिन्न विधाका विशेषज्ञ चिकित्सक छन् ।

    टोलीले भिडियो एक्सरे, युरिनरी आरई, पीएफटी तथा प्रयोगशाला परीक्षणलगायत स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । परीक्षणका क्रममा आवश्यक देखिएका बिरामीलाई औषधिसमेत निःशुल्क उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

    अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले बाढी प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा थप चिकित्सक टोली पठाउन सकिने बताए ।

    अहिले गएको टोलीले पाँच दिन सेवा दिने भए पनि प्रभावित क्षेत्रको अवस्था हेरेर सोही टोलीको बसाइ अवधि बढाउन वा अर्को टोली पठाउन सकिने उनको भनाइ छ ।

    “बाढीपछि हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै हामीले स्वास्थ्य टोली पठाएका हौँ,” देवकोटाले भने ।

    सरकारी निकायसँग समन्वय गरेर स्वास्थ्य सेवा आवश्यक भएका स्थानमा टोली परिचालन गरिने अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images