काठमाडौं – ओप्पोले आफ्नो नयाँ रेनो १६ सिरिज नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले रेनो १६ र रेनो १६ एफ गरी दुई नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएको हो ।
प्रविधि, फेसन र आधुनिक जीवनशैलीलाई जोडेर आयोजना गरिएको फेसन शोमार्फत रेनो १६ सिरिज सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
सार्वजनिक कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशी, ग्याजेटबाइट नेपालकी प्रमुख कार्यकारी अधिकृत प्रतिमा अधिकारी र महिला मोटरसाइकल सामग्री निर्माता सुरक्षा केसीले रेनो १६ सिरिजका विभिन्न विशेषता तथा प्रयोगका अनुभव प्रस्तुत गरेका थिए ।
सिरिजसँगै ओप्पोले ‘ओप्पो बबल’ नामक नयाँ चुम्बकीय सहायक उपकरणसमेत सार्वजनिक गरेको छ । यसले पछाडिको क्यामेराको पूर्वावलोकन पर्दा तथा टाढाबाट तस्बिर खिच्ने उपकरणका रूपमा काम गर्नुका साथै पर्दामा व्यक्तिगत सामग्री राख्न सकिने सुविधा दिने कम्पनीले जनाएको छ ।
ओप्पो बबलको खुद्रा मूल्य १५ हजार ९९९ रुपैयाँ तोकिएको छ । प्रवर्धन अवधिभर भने यसलाई ९ हजार ९९९ रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
थ्रीडी डिजाइन र ठूलो ब्याट्री
रेनो १६ सिरिजमा ओप्पोको थ्रीडी पप प्लानेट डिजाइन प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसको पप ह्वाइट संस्करणमा उद्योगमै पहिलो होलोभर्स थ्रीडी प्रविधि समावेश गरिएको छ ।
रेनो १६ मा ६.३२ इन्च र रेनो १६ एफमा ६.५७ इन्चको पर्दा रहेको छ ।
फोटोग्राफीका लागि दुवै मोडलमा १०० डिग्रीको फराकिलो कोणसहितको ५० मेगापिक्सेल अल्ट्रा वाइड सेल्फी क्यामेरा दिइएको छ । त्यस्तै, अप्टिकल इमेज स्टेबलाइजेसनसहितको पछाडिको तीन क्यामेराको व्यवस्था गरिएको छ ।
कृत्रिम बुद्धिमत्तामा आधारित सुविधा
रेनो १६ सिरिज कलरओएस १६ मा सञ्चालन हुन्छ । यसमा एआई स्न्याप की र एआई माइन्ड स्पेसलगायतका कृत्रिम बुद्धिमत्तामा आधारित सुविधा उपलब्ध छन् ।
ब्याट्रीतर्फ रेनो १६ मा ६ हजार ७०० एमएएच र रेनो १६ एफमा ७ हजार एमएएच क्षमताको ब्याट्री राखिएको छ । दुवै मोडलले ८० वाटको द्रुत चार्जिङ प्रविधि समर्थन गर्छन् ।
मूल्य र प्रारम्भिक योजना
नेपालमा रेनो १६ ५ जीको मूल्य १ लाख ९ हजार ९९९ रुपैयाँ र रेनो १६ एफ ५जीको मूल्य ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
कम्पनीका अनुसार पहिलो ५०० जना ग्राहकले रेनो १६ सिरिज खरिद गर्दा ओप्पो एयरबड्स ए३ प्रो निःशुल्क प्राप्त गर्नेछन् ।


विश्व खबर 



















