images
images
  • सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो २२औँ वार्षिक साधारण सभा, १०.५२६३५ लाभांश प्रस्ताव

    काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २२औँ वार्षिक साधारण सभा बोलाएको छ ।

    बैंकले असोज २२ गते बिहीबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा साधारण सभा आयोजना गर्ने भएको हो । सभा बिहान १० बजे सुरु हुनेछ ।

    सभाले बैंकको हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनसहित ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसअनुसार बैंकले कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    त्यस्तै, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनसम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा पेस हुनेछ ।

    साधारण सभामार्फत संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।

    यसैगरी, आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारणलगायतका प्रस्ताव पनि सभामा छलफल तथा निर्णयका लागि पेस हुने बैंकले जनाएको छ।

    असोज ७ गतेसम्म शेयर कायम हुनुपर्ने

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ८ गतेदेखि असोज २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

    यसअनुसार असोज ७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरूले बैंकको २२औँ वार्षिक साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images