काठमाडौं – पोखरा फाइनान्स लिमिटेडको १ करोड ९० लाख १४ हजार ६८० कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।
मर्जर प्रक्रियाका कारण रोक्का रहेको उक्त सेयरलाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल स्टक एक्सचेञ्जले सूचीकरण गर्नुका साथै कारोबारसमेत फुकुवा गरेको हो ।
साबिक पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीच १ः१ सेयर आदान–प्रदान अनुपातमा भएको मर्जरपछि कायम भएको सेयर पोखरा फाइनान्स लिमिटेडको नाममा सूचीकरण गरिएको हो ।
मर्जरपछि कायम भएको पोखरा फाइनान्सको उक्त साधारण सेयरको अंकित तथा चुक्ता मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ ।
कुल १ करोड ९० लाख १४ हजार ६८० कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण गरिएको जनाएको छ ।
सेयर सूचीकरणसँगै मर्जर प्रक्रियाका कारण रोक्का रहेको सेयरको कारोबारसमेत खुला भएको छ ।


विश्व खबर 



















