images
images
  • रास्वपाले आह्वान गरेको सर्वदलीय बैठकमा गएनन् ओली र हर्क

    काठमाडौं– सिंहदरबारमा रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।

    बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन तथा विपद् जोखिम न्यूनीकरणलगायत विषयमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

    उनका अनुसार बैठकमा रवि, कांग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल, नेकपा संयोजक प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

    तर, एमाले अध्यक्ष केपी शर्मा ओली र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ उपस्थित भएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images