काठमाडौं– त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं र प्रहरीबीच फेरि घम्साघम्सी भएको छ ।
झापाबाट काठमाडौं फर्किएका प्रसाईंलाई विमानस्थल परिसरमा सञ्चारमाध्यमलाई ‘बाइट’ दिन प्रहरीले रोकेपछि विवाद भएको हो ।
प्रसाईँले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध नाराबाजी गर्दै प्रहरीमाथि आक्रोश पोखेका थिए ।
घम्साघम्सीका क्रममा नागरिक बचाउ महाअभियानका बाग्मती संयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अभियानका नेता माधव खतिवडाले प्रसाईंको अभिव्यक्ति स्वतन्त्रता खोसिएको भन्दै प्रहरीको व्यवहारको आलोचना गरेका छन् ।
यता काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले प्रसाईंलाई पक्राउ नगरिएको र विमानस्थलबाट सुरक्षित रूपमा घर पठाइएको बताएका छन् ।
यसअघि सत्तामा रहँदा केपी शर्मा ओली र प्रचण्डले उनलाई पटकपटक जेल पठाएका थिए ।
अहिले बालेनले झनै उनीमाथि निरंकुशता लादेको छ ।
बालेनले घरभित्र थुन्ने काम गरेका छन् भने उनलाई बोल्न दिइएका छैनन् ।






















